No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बीमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने

0

 

 

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ ।

बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई परिपत्र जारी गर्दै नियमित ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरेका हुन् । उनका अनुसार एक सय शय्यासम्मको अस्पतालले हप्तामा एक दिन, दुई सय शय्या सम्मको अस्पतालले हप्तामा दुई दिन र तीन सय शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने छ ।

साथै सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)हरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको अवस्थामा विशेषज्ञको सहयोग लिनका लागि नजिकको विशिष्टिकृत स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्ने बोर्डका शाखा अधिकृत अर्यालले बताउनुभयो । उहाँका अनुसार हाल बोर्डमा करिब चार सय ४० अस्पताल आबद्ध छन् ।

प्रकाशित: ५ चैत्र २०८०, सोमबार ०९:१७

Leave a Reply