No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विदेशमा रहँदा आफ्नो देशको सरकारको नीतिबारे के बोल्ने ?

0

केशवप्रसाद भट्टराई ।
१. गुजरातका मूख्य मन्त्रीको रूपमा नरेन्द्र मोदी चीन भ्रमणमा थिए । त्यतिखेर हालका भारतीय विदेश मन्त्री एस. जयशङ्कर चीनका लागि राजदूत थिए । चीनका विभिन्न नेता, वुद्धिजीवी समूह, व्यवसायिक वर्ग र चीनियाँ र अन्तर्राष्ट्रिय मिडियासँग उनको भेटवार्ता तय भएको थियो । उनले राजदूत जय शङ्करसँग भने – ‘हेर्नोस् म विदेशी भूमिमा छु, केन्द्रमा फरक दलको सरकार छ तर म केन्द्रमा सरकारको नेतृत्व गारिरहेको दल, सरकार र उसको विदेश र रक्षा नीतिसँग मेल नखाने कुनै कुरा मेरो मुखबाट ननिस्कोस् भन्ने चाहन्छु’ भनेर आफूले त्यहाँ विभिन्न अवशरमा बोल्न तयार गरेका भाषण र सम्बोधन देखाए र विभिन्न नेता र व्यक्तिसँगको कुराकानीको क्रममा कतै राष्ट्रिय नीति विपरित कुनै कुरा उठ्ने लक्षण देखिएमा आफूलाई त्यो सङ्केत गर्न पनि उनले राजदूतसँग अनुरोध गरेका थिए । त्यस्ता भेटघाट, वार्ता र संवोधनमा उपस्थित रहिदिन पनि उनले राजदुत जयशङ्करसँग आग्रह गरे ।

२. बाराक ओबामा डेमोक्रेट सिनेटर थिए । जर्ज बुश रिपब्लिकन राष्ट्रपति थिए । ओबामा राष्ट्रपतिको निर्वाचन लड्ने तयारी गर्दे थिए । अमेरिकी राष्ट्रपतिका उम्मेदवार निर्वाचन अघि युरोपका मूख्य मुलुकहरूको भ्रमण गरेर आफ्नो राष्ट्रपतित्वकालमा युरोपसँग कस्तो सम्बन्ध रहनेछ भनेर उनीहरूलाई आश्वस्त पार्ने परम्परा छ । ओबामा युरोपबाट आफ्नो मुलुक फर्किदै थिए । हवाई जहाजमा पत्रकारहरूले बुश सरकारको विदेश नीतिको बारेमा प्रश्न सोधे । बुशले आफ्ना सहयोगीलाई उक्त हवाइजहज अमेरिकी हवाई क्षेत्र भित्र प्रवेश गरे नगरेको सोधे । सहयोगीले विमान अमेरिकी हवाई क्षेत्र भित्र प्रवेश गरिसकेको बताएपछि मात्रै उनले वुश सरकारको गृह र विदेश नीतिको खुला आलोचना गरे ।

 

प्रकाशित: ७ चैत्र २०८०, बुधबार ०४:०७

Leave a Reply