No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आयोगले क्लीनचिट दिएको तथ्य किन भुल्ने ?

आयोग व्यवसायी मलहोत्राको तर्क र तथ्यमा कन्भिन्स भएरै उनलाई उन्मुक्ति दिन वाध्य भएको हो । वास्तवमा आयोगले व्यवसायी मलहोत्रालाई क्लीनचिट दिएको हो ।

0

ज्ञानबहादुर क्षेत्री ।
खासमा सुन तस्करी प्रकरणका पछिल्ला कुनै पनि अनुसन्धान वा कारवाहीमा ख्यातीप्राप्त व्यवसायी दीपक मलहोत्राको गोरु बेचेको साईनो पनि देखिएको छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवि वा सरकारले गठन गरेको उच्चस्तरीय सुन तस्करी छानबिन आयोगले पछिल्ला सुन तस्करीका कुनै पनि घटनामा व्यवसायी मलहोत्राको कुनै संलग्नता भेटेको छैन । व्यवसायी मलहोत्राले दाबी गरे जस्तै उनलाई जर्बजस्त केही निहित स्वार्थ बोकेका मिडिया र सुनतस्करीका गिरोहले हावाकै भरमा नाम जोडिदिने मात्र गरेका हुन ।

कुनै बेला कुनै प्रोजेक्टमा सहकार्य गरेको व्यवसायिक पार्टनर सुन तस्करीमा संलग्न रहेको आरोप लागेकै आधारमा व्यवसायी मलहोत्रालाई त्यसमा जोडने जुन प्रकारको गोयवल्स प्रचार भैरहेको छ, त्यो त झन एकजना देशभक्त व्यवसायीमाथिको राज्यस्तरको घोर अन्याय र अत्याचार नै हो । जो संग अहिले व्यवसायी मलहोत्राको साझेदारी नै छैन, अनि उनको नाममा जोडेर मलहोत्रामाथि प्रहार गर्न पाईन्छ त ? अवश्य पाईदैन । मिल्दैन ।
विमल पोद्धार नामका नेपाल बस्ने भारतीय मुलका व्यक्तिसंग अन्य कुनै प्रोजेक्टमा कुनै कालखण्डमा व्यवसायीक साझेदारी गरेकै आधारमा व्यवसायी मलहोत्रालाई सुन तस्करी प्रकरणमा आरोपित गर्ने जुन स्तरको प्रपञ्च गरिदैछ, त्यो मलहोत्रा जस्ता राष्ट्रवादी व्यवसायीहरुको हुर्मत लिने दुष्प्रयाश नै हो । एकाघरका परिवारको कमजोरीमा त संवन्धित मान्छे भन्दा बाहेकलाई कसुरदार बनाउन नपाईने कानुनी राज भएको देशमा यसरी उहिलेका पार्टनरको नाम जोडेर जहिल्यै व्यवसायी मलहोत्रालाई ठुंगिरहने नेपालको केही स्वार्थी मिडिया, सरकारी निकायले कम्तिमा कसैलाई आरोपित गर्दा तथ्यको जगमा उभिएर सत्यको आधारमा मात्र कारवाही अघि बढाउनुपर्छ ।

आफ्नो व्यवसायिक करिएरमा मलहोत्राले नाम, दाम र कामले नै आफूलाई देशको एक घरानियाँ उद्यमी, व्यवसायीको उचाईमा स्थापित गरिसकेका छन । राज्यको कानुनलाई अक्षरशः पालना गरेर उनले गरेको व्यवसायिक प्रगति र सफलतालाई राज्यले ढाडस दिदै उनको सफलताले देश र जनतालाई धेरै भन्दा धेरै फाईदा र अवसर दिने वातावरण बनाउनुपर्ने हो । तर यहाँ त, साधुलाई सुली, चोरलाई चौतारो भन्ने आख्यान जस्तै एकोहोरो व्यवसायी मलहोत्रामाथि अनाहकमा आक्रमण मात्र गर्ने, हतोत्साही बनाउने र गलाउने नीति केही स्वघोषित मिडिया, राज्यका केही निकाय र केही अदृश्य गिरोहबाट भैरहेको देखिन्छ । व्यवसायी मलहोत्रामाथिको चौतर्फी षडयन्त्र र प्रहार राज्यको व्यवसायी मैत्री नीति र सिद्धान्तकै बर्खिलाप भएको तथ्य सबैले समयमा नै बुझ्न अत्यावश्यक भैसकेको छ ।

अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सन्छ भने जस्तै भैरहेको छ, नेपालमा सुन तस्करी प्रकरणका कारवाहीहरु राष्ट्रिय उद्यमी, व्यवसायी दीपक मलहोत्राका हकमा । खासमा उनी सुन व्यवसायी नै होईन्न, कारोबारी त झन हुदै होईन्न । तर, जब जब नेपालमा सुनको कुरा उठ्छ उनै मलहोत्रालाई जोडेर बास्तविक सुन तस्करी गिरोहलाई उन्मुक्ति दिने प्रपञ्च रचिन्छ । यसपट्क पनि भएको त्यस्तै मात्र हो । जताबाट अनुसन्धान घुमाउदा पनि व्यवसायी मलहोत्राको कुनै कनेक्सन नदेखिएपछि उनलाई मिडिया ट्रायल गरेर दोषी करार गराउने जुन असफल प्रपञ्च भैरहेको छ, त्यो उनको व्यक्तित्वविरुद्धको मानहानी हो । उनले देशलाई दिएको योगदानको अनादर नै हो ।

कानुन मानेर, राज्यलाई कर तिरेर, सरकारको नीति नियम पालना गरेर व्यवसाय गर्ने मलहोत्रा जस्ता व्यवसायीहरुलाई सधै आरोलो लागेको बाच्छोलाई सबैले खेद्छन भने जस्तै राज्यकै निकाय र केही भेष्टेड इन्ट्रेष्ट बोकेका मिडिया वा अदृश्य शक्तिले खेदीरहने हो भने त्यसले समग्रमा नीजि क्षेत्रलाई नै भयभित, आतंकित र त्रसित बनाउँछ । खुल्ला बजार अर्थतन्त्रको हिमायती राज्य नेपालले यसरी नीजि क्षेत्रका व्यवसायीलाई सुनियोजित र श्रृखलावद्ध रुपमा प्रहारको निशाना मात्र बनाईरहने भुल कम्तिमा अबदेखि दोहोर्याउनु हुदैन । यो कसैको निहित स्वार्थ पूर्तिका लागि राज्यले गरेको आत्माघाती कदम हो, हुनेछ ।

व्यवसायी मलहोत्राले कानुन पालनमा कुनै कमीकमजोरीहरु गरेका भए, सरकारलाई कर नतिरेका भए, राज्यका निकायहरुलाई छलेका भए, प्रतिबन्धित कुनै काम गरेका भए के उनलाई प्रहरी, प्रसासनले खुल्ला बस्न दिन्थ्यो ? पक्कै दिदैन्थ्यो । आफूले गल्ती गरेको भए मलहोत्रा खुल्लम खुल्ला समाजमा शीर ठाडो पारेर हिडन सक्थे ? पत्रकार सम्मेलनमा प्रश्नहरुको सामना गर्न सक्थे ? यसैले सिद्ध गर्छ उनी सही छन । जब उनले कुनै गल्ती कमजोरी नै गरेका छैन्न, भने उनलाई गोयवल्स शैलीको प्रचार गरेर सधै किन तनाव र दबाब दिन राज्यकै निकायहरु लागिरहेका छन त ? यसप्रति राज्यका तत् निकायहरुले नै गंभिर आत्मासमीक्षा गर्न ढिलो भैसकेको छ ।

सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगले व्यवयासी मलहोत्रालाई सुन तस्करीका कुनै पनि घटनामा संलग्न भनेर किटान गर्न सकेको छैन । आयोगले व्यवसायी मलहोत्रासंग जाँचबुझका क्रममा सोधपुछ गरेको छ । त्यो कुनै पनि आयोगको नियमित र स्वभाविक काम नै हो । आयोगलाई आफ्नो कुरा व्यवसायी मलहोत्राले बडो तार्किक, तथ्यपूर्ण र निर्भिकताका साथ बताएका छन । आयोग व्यवसायी मलहोत्राको तर्क र तथ्यमा कन्भिन्स भएरै उनलाई उन्मुक्ति दिन वाध्य भएको हो । वास्तवमा आयोगले व्यवसायी मलहोत्रालाई क्लीनचिट दिएको हो । कथित मिडियाले त्यही तथ्य लुकाएर उनीविरुद्ध गरेको विषवमन उनी विरुद्धको प्रायोजित लाञ्छाना मात्र हो ।

हुन पनि हो, खाएको विष पो लाग्छ । नखाएको विष कहाँ लाग्छ र ? सुन तस्करी संंवन्धी छानबिन आयोगले व्यवसायी मलहोत्रालाई सकेसम्मको भिटो पावर लगाएर सोध्यो, खोज्यो, जाँच्यो तर पानी मुनि जादा पनि व्यवसायी मलहोेत्रा विरुद्ध कुनै प्रमाण वा आधार भेटन सकेन । दिनको घाम जत्तिकै छर्लंग छ, कुनै आधार, प्रमाण र संलग्नता नभेटेपछि आयोगले उनलाई क्लीनचिट दियो । तर केही निश्चित स्वार्थ समुहको हितलाई मात्र प्राथमिकता दिने केही नेपाली मिडियाहरु आयोगले उनलाई क्लीनचिट दिएको तथ्य अनदेखा गरेर उनले आयोगमा बयान दिएको कुरा कथित व्रेकिंग न्यूज बनाउन उद्धत भए । नेपाली पत्रकारिताको कमजोर र दुखद पक्ष नै यहाी हो । भेष्टेड ईन्ट्रेष्ट बोकेका केही नेपाली मिडियाहरु आफ्नो कान नछामी कागको पछाडि दौडिने भुल दोहोरयाईरहेका छन । खासमा यो कथित मिडिया मिसनका नाममा देशभक्त व्यवसायी मलहोत्रामाथि गरिएको मिडिाय ट्रायलको भद्धा मजाक हो । सत्य, तथ्य र निष्पक्ष पत्रकारितमाथिकै हुर्मत हो । राष्ट्रिय अर्थतन्त्रका धरोहर व्यवसायीहरु विरुद्धको दुरुत्साहन, अपमान हो ।

त्यसैले हरेक पटक सुन प्रकरण भन्ने बित्तिकै अनुमानकारितका भरमा व्यवसायी मलहोत्राको नाम जोडने र दुष्प्रचार गर्ने, तथ्य अनदेखा गरेर उनी विरुद्ध जाईलाग्ने र उनलाई आधारहिन रुपमा लाञ्छित गर्ने पूर्वाग्रही रोगबाट सरोकारवाला सबै कम्तिमा अब भने मुक्त हुनैपर्छ । यसमा कसैले भोलि भन्नुपर्ने र कसैले हिच्कििचाहट गर्नुपर्ने कारण छैन नै । राष्ट्रिय उद्यमी व्यवसायीहरुलाई आर्थिक मन्दीको यो कहरका वीच लगानी बढाउन, रोजगारी थप्न, कर बढी तिरेर राज्यको ढुकुटी भर्न, देशलाई स्वावलम्वी र आत्मानिर्भर बनाउन उत्प्रेरणा र हौसला थपौं । देश निर्माणका नायक व्यवसायीहरुलाई दानवीकरण गरेर पिसावको न्यानो लिने भुल अब कसैले जानी नजानी नगरौं, गर्दै नगरौं ।

 

 

 

प्रकाशित: ७ चैत्र २०८०, बुधबार ०४:५०

Leave a Reply