No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाली टोली घोषणा

0

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ सँग खेल्ने र भारत भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । आइसिसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड्स ‘ए’ सँग घरेलु मैदानमा खेल्दैछ ।

नेपालले त्रिवि मैदानमा चैत १२ र १३ गते आयरल्यान्ड्ससँग टी–२० खेल खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २–२ वटा टी–२० खेल खेल्ने तालिका छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द छन् ।

प्रकाशित: ७ चैत्र २०८०, बुधबार ०६:१६

Leave a Reply