No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्यु डायमण्ड र नेपाल पुलिस सेमिफाइनलमा प्रवेश

0

काठमाडौ । न्यु डायमण्ड भलिबल क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको सेमिफाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधबार मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराउदै न्यु डायमण्ड समूह बीको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

न्यु डायमण्डसँग २५–१०,२५–६,२५–८ ले पराजित भएपछि मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । न्यु डायमण्डले सेमिफाइनलमा एभरेष्ट भलिबल क्लबसंग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै महिलातर्फ बुधबार नै त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबपनि सेमिफाइनल प्रवेश गरेको छ ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने भलिवल संघले जनाएको छ ।

 

प्रकाशित: ७ चैत्र २०८०, बुधबार ०८:४५

Leave a Reply