No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘एट ए साइड भेट्रान्स’ फुटबलको उपाधि लेकसाइडलाई

0

कास्की । पोखरामा सञ्चालन भएको ३५ वर्ष उमेरमाथिको ‘एट ए साइड भेट्रान्स’ फुटबल प्रतियोगिताको उपाधि लेकसाइडले जितेको छ । पूर्व फुटबल रेफ्री स्व कृष्ण गिरी सम्झनामा यही चैत ७ गतेदेखि फेवाताल किनारस्थित बाराहीघाट खेलमैदानमा पहिलो संस्करणको प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै लेकसाइड पहँेलो च्याम्पियन बन्न सफल भयो ।

उपाधि विजेता लेकसाइडले ट्रफीसहित एक लाख एक हजार एक सय ११ नगद पायो भने उपविजेता गार्डेनले ५१ हजार एक सय ११ मा चित्त बुझायो । खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा निर्णय गरिएको हो ।

पेनाल्टी सुटआउटमा लेकसाइडका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार विफल बनाएपछि लेकसाइडले उपाधि चुम्न सफल भयो ।

बस्नेत प्रतियोगिताको उत्कृष्ट गोलरक्षक घोषित हुँदैै नगद रु पाँच हजार पुरस्कारसमेत पाए । प्रतियोगितामा लेकसाइडका मिली गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हुँदै रु १० हजार नगद पुरस्कार पाउनुभयो । प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रूपमा एनए भेट्रानका कन्या गुरुङले रु पाँच हजार पाए । अनुशासित टिम लेकसाइड सेतोले रु १० हजार पुरस्कार पायो । उत्कृष्ट प्रशिक्षकका रूपमा लेकसाइडका राम भुजेल घोषित भए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार १५:१९

Leave a Reply