No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महेश काफ्लेको ‘चाइना जापान’

0

काठमाडौं । गायक महेश काफ्लेको ‘चाइना जापान’ गीत सार्वजनिक भएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक गीतमा शब्द रचना र सङ्गीत गायक काफ्लेकै रहेको छ ।

माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ । सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको भिडियोलाई मनिश नेपालले खिचेका हुन् ।

भिडियोमा महेश काफ्ले , जस्मिन दोङ , अनुज कार्की ,प्रमिता क्षेत्री, नोरीन गौतम र प्रजन पौडेलको अभिनय रहेको छ । गायक महेश काफ्लेको नाच फिरिरि, माया बिरानी, तातो गोली, लज्जावती झार लगायतका गीतहरू चर्चित छन् ।

प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार १७:०८

Leave a Reply