No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

0

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार गुठीले ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाडीलाई, २५ हजारको राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार मोरङका सोइना दाहाललाई र २० हजार राशिको क्षेत्रीय नवप्रतिभा गायन पुरस्कार अर्घाखाँचीका कुशल बेलवासेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कार आगामी जेठ ११ गते प्रदान गरिने उनले बताए । विगत ३० वर्षदेखि कला साहित्य संस्कृतिका क्षेत्रमा सक्रिय सर्जकहरूलाई गुठीले पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित: १३ बैशाख २०८१, बिहीबार ०२:५९

Leave a Reply