No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्वरानी कोमलले सिभिल मल पुगेर हेरिन् ‘महाजात्रा’

0

काठमाडौं । पूर्वरानी कोमल शाहले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ हेरेकी छन् । हिमानी ट्रष्टले शुक्रबार बेलुका काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजना गरेको शोमा पूर्वरानी कोमलले फिल्म हेरेकी हुन् । फिल्म हेरेपछि उनले फिल्मको टिमसँग भेटघाट गर्दै बधाई दिएकी थिइन् ।

नेपालसहित विश्वव्यापी रुपमा एकसाथ रिलिज भएको यो फिल्म अष्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा ‘सोल्ड आउट’ भएको छ । यता नेपालमा भने शुक्रबार दर्शक प्रतिक्रिया बुझ्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत हलमा पुगेका थिए ।

अभिनेता हरिवंशले दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको भन्दै शनिवार पनि दर्शकसँग भेट्ने जानकारी दिए । ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

प्रकाशित: १० चैत्र २०८०, शनिबार ०४:००

Leave a Reply