No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मधेश प्रदेशमा एमालेका तीन मन्त्रीले लिए शपथ

0

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शनिबार नेकपा एमालेलाई समावेश गरी मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

शनिबार नेकपा एमालेबाट तीन जना मन्त्रीले शपथ लिएका छन् । सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवाल मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाइन् । यसअघि एमालेबाट सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका थिए । संघमा सत्ता गठबन्धनमा फेरबदल भएपछि एमाले प्रदेश सरकारमा सहभागी भएको हो भने राजीनामा दिन नमानेका कांग्रेसका मन्त्रीहरूलाई मुख्यमन्त्री यादवले पदमुक्त गरेका थिए ।

प्रकाशित: १० चैत्र २०८०, शनिबार ११:३०

Leave a Reply