No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विनोद भण्डारीको कप्तानीमा आयरल्याण्डसँग खेल्ने नेपाली टोलीको घोषणा

0

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ । क्यानले आइतबार विनोद भण्डारीको कप्तानीमा टी-२० र एक दिवसीय शृंखला खेल्ने दुई फरक टोलीको घोषणा गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग चैत १२ र १३ गते टी २० खेल खेल्ने छ। त्यसपछि यो टोली भारतमा गएर खेल्ने छ। भारतमा सिनियर टोलीले बरोडा र गुजरातसँग चार टी-२० खेल खेल्ने छ ।

सिनियर टोलीले भारतमा खेलिरहँदा नेपाल ‘ए’ ले आयरल्यान्डसँग १५, १६ र १८ गते तीन खेलको एक दिवसीय खेल खेल्ने छ। त्यसपछि टी २० शृंखला हुने छ। पहिलो खेल चैत २१ मा हुने छ। दोस्रो खेल चैत २३ र अन्तिम खेल २५ गते हुने छ ।

टी-२० टोलीमा विनोदसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान रहेका छन् ।

यस्तै, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धमी र विकाश आग्री पनि टी-२० टोलीमा हुने छन्। एक दिवसीय टोलीमा विनोद, देव, आरिफ, बसिर, कमल र विकाश दोहोरिने छन्। उनीहरूबाहेक अर्जुन कुमाल, नरेन भट्ट, भीम सार्की, साहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल र मौसम ढकाल श्याम रहने छन्।

प्रकाशित: ११ चैत्र २०८०, आईतवार ०७:१०

Leave a Reply