No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नाइजेरियामा अपहरणमा परेका एकसय ३० विद्यार्थी रिहा

0

नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले अपहरण गरेको आरोपमा पक्राउ परेका २५० मध्ये १३० भन्दा बढी बालबालिकालाई रिहा गरिएको स्थानीय गभर्नरले आइतबार बताएका छन् ।

गत मार्च ७ मा कादुना राज्यको कुरिगामा भएको अपहरण वर्षौं यताकै सबैभन्दा ठूलो आक्रमण भएको थियो र यसले नागरिकको असुरक्षालाई लिएर देशव्यापी आक्रोश उत्पन्न गराएको थियो ।

कादुना राज्यका गभर्नर उबा सानीले भने, “अपहरणमा परेका कुरिगाका विद्यार्थीलाई सकुशल रिहा गरिएको छ । यो वास्तवमै खुशीको दिन हो ।” राष्ट्रपति बोला अहमद टिनुबु, नाइजेरियाको सेना, राष्ट्रिय सुरक्षा सल्लाहकार र ‘विद्यालयका बालबालिकाको सुरक्षित फिर्ताका लागि प्रार्थना गर्ने सबै नाइजेरियालीहरूलाई उनले धन्यवाद दिए ।

अपहरणमा स्थानीय आपराधिकको गिरोहहरूलाई जिम्मेवार मानिएको थियो । नाइजेरियाको उत्तरपश्चिम र उत्तर–मध्य क्षेत्रमा उनीहरूले समुदायलाई निशाना बनाउने, गाउँहरू लुट्ने र फिरौतीका लागि सामूहिक अपहरण गर्ने गरेका छन् ।

अपहरणकारीहरूले फिर्तीको लागि ठूलो रकम माग गरेको विद्यार्थीहरूको आफन्तजनले बताएका थिए, तर राष्ट्रपति टिनुबुले सुरक्षा बलहरूलाई फिरौती बिना नै मुक्त गर्नका लागि निर्देशन दिएका थिए ।

नाइजेरियामा अपहरण पीडितहरू प्रायः अधिकारीहरूसँगको वार्तापछि मुक्त हुन्छन् । यद्यपि सन् २०२२ को कानूनले अपहरणकारीहरूलाई पैसा हस्तान्तरण गर्न प्रतिबन्ध लगाएको र सेनाको सफल खोजी अभियान र कारबाहीले फिरौती बिना नै अपहरित १३० भन्दा बढी विद्यार्थीलाई मुक्त गरिएको सेनाले जनाएको छ ।

प्रकाशित: ११ चैत्र २०८०, आईतवार १०:००

Leave a Reply