No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘बोक्सी’ लुक्स सार्वजनिक

0

काठमाडौं । आगामी वैशाख १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो ।

लुक्सलाई फिल्मकी प्रस्तुतकर्ता तथा अभिनेत्री केकी अधिकारी र पूर्वमिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरेका हुन् । ’बोक्सी लुक्स’ मा केकीलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।

अभिनेत्री केकीले यसअघि सार्वजनिक टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’लाई फागु पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको बताइन् । फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर बद्री अधिकारीले फिल्म निर्माण गरेका हुन् ।

बद्री अभिनेत्री केकीका पिता हुन् । केकी अधिकारी फिल्मको प्रस्तुतीमा निर्माण भएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

प्रकाशित: ११ चैत्र २०८०, आईतवार ११:५०

Leave a Reply