No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘स्पट फिक्सिङ’ मुद्दामा पाँचजनालाई सफाइ

0

काठमाडौं । ‘स्पट फिक्सिङ’को मुद्दामा क्रिकेटर मोहमद आदिल बलमसहित पाँचजनाले सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुलाई सफाइ दिएको हो ।

गतवर्ष पुस १२ र १४ मा भएको नेपाल टी–२० क्रिकेट प्रतियोगितामा ‘स्पट फिक्सिङ’ गरेको दाबीसहित प्रहरीले मुद्दा चलाएको थियो। प्रहरीको आरोप पुष्टि नहुने भन्दै अदालतले क्रिकेटर आदिललाई सफाइ दिएको हो ।

उनीसँगै नितेश गुप्ता भन्ने नितेश शाह, नवीन कँडेल, रवि माझी र मेहबुब बलमले पनि सफाइ पाएका छन् ।

प्रकाशित: १२ चैत्र २०८०, सोमबार १३:११

Leave a Reply