No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकी सांसदको प्रश्नले धार्मिक धरोहर भत्काउनका लागि बाह्य चलखेल बढ्दै गएको पुष्टि भयोः शंकर भण्डारी

0

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले अमेरिकी सांसद ब्रिआन जेफ्रि म्यास्टले नेपालको मौलिक परम्परा र धार्मिक धरोहर भत्काउने गतिविधि गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार विज्ञप्ति जारी गरी भण्डारीले नेपालमा सनातन वैदिक धर्म(बौद्ध,किरात,जैन) र परम्पराका विरुद्धमा निरन्तर योजनावद्ध रुपमा प्रहार हुँदै आएको हाम्रो दाबीलाई यसले पुष्टि गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘नेपालमा सनातन वैदिक धर्म(बौद्ध,किरात,जैन) र परम्पराका विरुद्धमा निरन्तर योजनावद्ध रुपमा प्रहार हुँदै आएको छ भन्ने हाम्रो दाबीलाई पुष्टि गर्ने गरी अमेरिकी सांसद ब्रिआन जेफ्रि म्यास्टले सार्वजनिक रुपमा अमेरिकी सरकारसँग प्रश्न सोधेका छन् । नेपालको मौलिक परम्परा, सभ्यता र धार्मिक धरोहर भत्काउनका लागि बाह्य चलखेल बढ्दै गएको अनुभूति आम नागरिकले गरिरहेको समयमा अमेरिकी सांसदको यो भनाईले ठूलो अर्थ राख्दछ ।’

उनले अमेरिकी सांसदले प्रमाणसहित सार्वजनिक रुपमा उठाएको यस तथ्यलाई नेपालले गम्भिरताका साथ लिनुपर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यसले विभिन्न स्थानबाट नेपालका विरुद्धमा काम हुदै आएका छन् भन्ने प्रष्ट पार्दछ । नेपालमा नास्तिकता फैलाउन, हाम्रा स्थापित मूल्य मान्यतालाई कमजोर बनाउन तथा विशेष गरी सनातन वैदिक परम्पराको विरुद्धमा के कसरी कस्ता कामहरु हुदै आएका छन् ? यस्ता गतिविधि सञ्चालन गर्ने रकम कुन शीर्षकमा कसरी कहाँबाट नेपाल आउँछ ? यसको स्वामित्व नेपालमा कसले लिने गरेको छ ? भन्ने सम्बन्धमा गम्भिर भएर छानबिन गरी तथ्य सार्वजनिक गर्न र त्यस्ता गतिविधिमा पूर्ण नियन्त्रण कायम गर्नका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछु।’

अमेरिकी सांसद ब्रिआनम्यास्टले नेपालमा धार्मिक अनास्था फैलाउन अमेरिकी सरकारले किन पाँच लाख अमेरिकी डलर अर्थात् ६ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको भनेर प्रश्न सोधेका थिए ।

प्रकाशित: १२ चैत्र २०८०, सोमबार १५:१९

Leave a Reply