No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

0

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सलीना रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको फिल्म काल्पनिक कथामा बनेको छ। तेजसराज जोशीले निर्देशन गरेको फिल्ममा ग्राफिक कलाकार सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर छन्।

नेपाली प्राविधिक र नेपाली भाषामा निर्माण गरिएको यो नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म हो। यसमा पार्श्व आवाज बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग भएको छैन । यो फिल्म चैत १६ गतेदेखि प्रदर्शन हुनेछ।

प्रकाशित: १२ चैत्र २०८०, सोमबार १५:४३

Leave a Reply