No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले आयरल्याण्डलाई दियो १९९ रनको लक्ष्य

0

काठमाडौं । दोस्रो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आयरल्याण्ड उल्भ्सलाई एक सय ९९ रनको लक्ष्य दिएको छ । त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनायो ।

नेपालका गुल्शन झाले ४६, कुशल मल्लले ३४, रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र कुशल भुर्तेलले २५ रन बनाए । आयरल्याण्ड उल्भ्सका म्याथु फोस्टरले तीन विकेट लिए ।

हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ’ए’ लाई ६ विकेटले हराएको थियो । आजको खेल जितेमा नेपालले यो शृङ्खला जित्नेछ । नेपाल पराजित भएमा शृङ्खला एक/एकको बराबरी हुनेछ ।

प्रकाशित: १३ चैत्र २०८०, मंगलवार ०९:२९

Leave a Reply