No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आयरल्याण्डलाई पराजित टी–२० शृंखलामा नेपालको क्लिन स्वीप

0

काठमाडौं । नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको दुई खेलको टी–२० शृंखला क्लिन स्वीप गरेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले आयरल्यान्डलाई ७१ रनले पराजित गर्दै शृंखला २–० ले क्लिन स्वीप गरेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्रै बनायो ।

आयरल्यान्डका स्टीफन डोहेनीले सर्वाधिक २६ रन बनाए। उनले १३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । मोर्गन टपिङ २१, केड कार्माइकल १८,रोस अडायर १७, निल रक १७, फिओन ह्यान ५ रनमा आउट हुँदा ग्यारेथ डेलानी १५ रनमा आउट भए । नेपालका कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट लिए। करण केसी, कुशल भुर्तेल र विवेककुमार यादवले १/१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो । सोमबार भएको पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको थियो ।

प्रकाशित: १३ चैत्र २०८०, मंगलवार १०:५५

Leave a Reply