No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजस्व हानी गरेको अभियोगमा विराटनगर भन्सारका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

0

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार प्रणालीको सरकारी अभिलेख नै नष्ट गरी राजस्व चुहावट गरेको अभियोगमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार आयोगले तत्कालीन भन्सार प्रमुख सापकोटा, भन्सार अधिकृत नवकुल शर्मा, भन्सार छलीमा संलग्न व्यापारी शेरबहादुर बस्नेत र भन्सार एजेन्ट सरनकुमार खरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बस्नेत देव इन्टरनेसनल प्रालिका सञ्चालक हुन् । अख्तियारका प्रवक्ता नरहरी घिमिरेले प्रतिवादीहरुविरुद्ध ८४ लाख ५५ हजार ६ सय ५ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।

प्रकाशित: १३ चैत्र २०८०, मंगलवार १२:०३

Leave a Reply