No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इजरायली सैन्य कारबाहीमा हमासका सैन्य विभागका उपनेताको मृत्यु

0

बीबीसी । गाजामा युद्धविरामका लागि सहमति गर्न हमासले अस्वीकार गरेपछि इजरायलले बताएको छ । हमासका मागलाई भ्रामक’ भन्दै इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको कार्यालयले इजरायलले त्यसका अगाडि घुँडा नटेक्ने टिप्पणी गरेको छ ।

हमासले अहिले जारी युद्ध अन्त्य हुनुपर्ने र इजरायली सेना गाजाबाट पूर्ण रूपमा फिर्ता गरिनुपर्ने माग राखेको छ । संयुक्त राज्य अमेरिकाले इजरायली भनाइ ‘सबै हिसाबले गलत रहेको’ प्रतिक्रिया दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले हमासको प्रस्ताव सोमबार राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भएको मतदानअघि तयार पारिएको बताएका छन् । यसैबीच इजरायली सेनाले हमासको सैन्य विभागका एक उपनेता मारिएको पुष्टि भएको दाबी गरेको छ इजरायलका अनुसार शरणार्थी शिविरमुनि रहेको एउटा सुरुङमा गरिएको आक्रमणमा मर्वान इस्सा नुसरतको ज्यान गएको थियो ।

हमासको राजनीतिक विभागका अधिकारी इज्जत अल–रिश्कले इजरायली दाबी आफूले नपत्याएको र आफ्नो समूहको सैन्य नेतृत्वले नै त्यसबारे ‘वास्तविकता बाहिर ल्याउने’ बताए । इजरायली सैन्य प्रवक्ताले इस्सा गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको हमलाका जिम्मेवारमध्ये तेस्रो नम्बरमा रहेका व्यक्ति भएको बताए ।

प्रकाशित: १४ चैत्र २०८०, बुधबार ०६:४६

Leave a Reply