No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालद्वारा पदबाट राजीनामा

0

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी छिन् । अर्याल २०७९ माघमा राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित भएपछि माओवादी केन्द्रकै अर्यालले गठबन्धनमा भागवण्डा मिलाउन राजीनामा दिएकी हुन् । दाहाल २९ फागुनमा अध्यक्ष निर्वाचित भएका थिए । उनी एमालेलगायत दलको समर्थनमा अध्यक्ष निर्वाचित भएका थिए ।

 

 

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार १०:१६

Leave a Reply