No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दक्षिण अफ्रिकामा बस दुर्घटनामा परी ४५ जनाको मृत्यु

0

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब ३२० किलोमिटर उत्तरमा रहेको लिम्पोपोको उत्तरी प्रान्तको मार्केन र मोकोपने बीचको एम्मा मतलाकाला पुलमा बिहीबार दुर्घटना भएको हो ।

४६ जना यात्रु बोकेको बस दुर्घटना हुँदा ८ वर्षीया बालिका बाहेक सबैको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् ।

उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । लिम्पोपोको यातायात र सामुदायिक सुरक्षा विभागले बसले मोइरा शहरमा इस्टर सप्ताहन्तको चर्च सेवामा भाग लिन यात्रा गरिरहेका मानिसहरूलाई बोकेको जनाएको छ ।

बसले नियन्त्रण गुमाएको र पुलको छेउमा गएर ५० मिटर तल चट्टानी सतहमा खसेर आगो लागेको विश्वास गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘केही शवहरू चिन्न नसकिने गरी जलेका थिए,जबकि अरू या त भग्नावशेषमा फसेका थिए वा नजिकै छरिएका थिए।’

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार ०२:२६

Leave a Reply