No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रहरी बढुवामा लज्जाशरणम् !

0

काठमाडौं । दोस्रो पटक उपप्रधान एवं गृहमन्त्री भएपछि रवि लामिछाने निरीक्षणका लागि फागुन २७ गते प्रहरी प्रधान कार्यालय पुगेका थिए । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सरुवा–बढुवाका लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने बताएका थिए । उनले कुनै कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक रहेको बताएका थिए ।

उनले भनेका थिए, ‘म कुनै व्यक्तिविशेषको सरुवा–बढुवा गर्ने र त्यसबापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न गृह मन्त्रालय आएको होइन। केही फरक गर्ने चाहना, नीति–विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढ संकल्प बोकेर आएको हुँ।’

सम्बोधनका क्रममा उनले आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पन आग्रह गर्दै निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गरी नीति र विधिभित्र रहेर काम गर्न निर्देशन दिएका थिए । गृहमन्त्रीले यसरी सम्बोधन गरिरहँदा प्रहरी अधिकारीले ताली पिटेका थिए । ताली पिट्नुको कारण थियो सरुवा बढुवाका लागि शक्ति केन्द्र धाउन नपर्ने भयो ।

प्रहरी प्रधान कार्यालय पुगेर यस्तो अभिव्यक्ति दिएका गृहमन्त्रीले त्यसको एक महिना नपुग्दै डीएसपीबाट एसपी बढुवामै हस्तक्षेप गरेको पाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीका पीएसओलाई बढुवा गर्न प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई दबाब दिएर बढुवा सिफारिस सूची प्रकाशित गरिएको छ । प्रहरीमा ८ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएकोमा पहिलो नम्बरमा रहेका डीएसपी प्रदीप अधिकारीलाई नै छुटाइएको छ । आईजीपी कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले निकालेको बढुवा सिफारिस सूचीमा एक नम्बर वरीयतामा रहेका डीएसपी क्षेत्रीको नाम छैन ।

६ नम्बर वरीयतामा रहेका नारायण रंजितकार पनि बढुवाको सूचीमा परेनन् । डीएसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिँदा बजेट महाशखामा रहेका ढकेन्द्र खतिवडालाई पहिलो नम्बरमा ल्याइएको छ । जबकि उनी तेस्रो नम्बरमा थिए । मेरिट लिस्टमा अगाडि रहेका क्षेत्री र रंजितकारलाई पछाडि पारेर ९ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र १२ औँ नम्बरका विनोद घिमिरेलाई बढुवा सिफारिस गरिएको छ । एसपी बढुवामा प्रधानमन्त्री प्रचण्डका पीएसओ विनोद घिमिरे र केपी ओलीका पीएसओ सन्तोष तामाङलाई अटाइएको छ ।
यसरी प्रहरी बढुवामा गृहमन्त्रीले मनपरी गरेको भन्दै आलोचना भएको छ । आफूलाई काम गर्न नदिए राजीनामा दिएर हिँड्ने अभिव्यक्ति दिएका गृहमन्त्रीले यस्तो काम गरेपछि उनको आलोचना भएको हो ।

संविधानविद् डा. भीमार्जुन आचार्य गृहमन्त्रीको यो कदम लज्जाबोध भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘ए नागरिक शासनका प्रधानमन्त्री, गृहमन्त्री, आईजीपी, पार्टीका अध्यक्ष रोलक्रममा रहेका दक्ष प्रहरी अधिकृतमाथि यो हदसम्मको अन्याय गर्दा तपाईहरूलाई अलिकति पनि शरम र लज्जाबोध भएन ? के दल र शक्ति निकट नभएका कर्मचारी वा नागरिकको यो देशमा अब कुनै स्थान छैन ?’

 

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार ०३:१९

Leave a Reply