No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे छानबिन गर्न समिति गठन

0

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बिहीबार गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समति गठन गरेका हुन् ।

समितिमा गृह मन्त्रालयका उपसचिव(कानुन) ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य रहेका छन् । गत चैत ५ गते सर्वोच्च अदालत परिसरमा खानतलासी गर्दा प्रसाईंका सहयोगीका साथबाट अर्धस्वचालित हतियार र गोली फेला परेको थियो ।

प्रसाईंका २ जना सहयोगीहरू दीपक खड्का र राजकुमार धिताल अदालत परिसरबाटै पक्राउ परेका थिए । उनीहरूलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।सर्वोच्चले इजाजतपत्र दिन नहुने हतियार बोक्नका लागि इजाजत दिएको विषयमा भने छानबिन गर्न आदेश दिएको छ ।

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार ०४:४७

Leave a Reply