No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आर्टिफिसियल इन्टेलिजेन्सलाई बढावा दिने चीनको अभियान

0

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो अभियान चार विशेष विषयमा केन्द्रित रहेको छ जसमा देशको स्मार्ट शिक्षा प्लेटफर्ममा “एआई लर्निङ“ लाई एउटा स्तम्भका रुपमा अघि बढाइएको छ ।

विशेषज्ञहरूले एआई प्रविधिबारे छलफल गर्ने, सिकाउने, र चिनियाँ दृष्टिकोणलाई योगदान दिन डिजिटल शिक्षाको विकासका लागि अन्तर्राष्ट्रिय प्लेटफर्म निर्माण गर्नेछन् ।

अभियानको उद्देश्य एआई मार्फत शिक्षण र सिकाइको एकीकृत प्रयोगलाई प्रबद्र्धन गर्ने, जनताको डिजिटल शिक्षा साक्षरता र सीपहरू सुधार गरि एआई प्रयोगको वैज्ञानिक मानकीकरण गर्ने रहेको छ ।

एआई सम्बन्धी उक्त कार्यक्रम हाल चीनका ग्वान्झाओ, हैनान, सिझाङ लगायतका विभिन्न शहरका विद्यालयहरुमा नमूना कार्यक्रमका रुपमा सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार ०८:२९

Leave a Reply