No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आयरल्यान्डसँग नेपाल पराजित

0

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए पराजित भएको छ । आयरल्यान्डले दिएको २२३ रनको पछाएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्रै बनाउन सक्यो।

नेपाल २१ रनले पराजित भएको हो । हारसँगै आयरल्यान्डले सिरिजमा १–० को अग्रता लिएको छ । नेपालका लागि बमले ५६ बलमा ९ चौका र ८ छक्काको सहयोगमा १०६ रनको शतकीय इनिङ खेले।

बमले नेपाल ए को ईतिहासमा नै पहिलो शतक बनाएका बमले ५२ बलमा ८ चौका र ८ छक्काको सहयोगमा पूरा गरे । बम र शेखले चौथो विकेटका लागि १२१ रनको सानदार साझेदारी गरे ।

आरिफ शेखले २६ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४९ रनको इनिङ खेले। कप्तान विनोद भण्डारीले १४ बलमा १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएका थिए ।

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार ११:२२

Leave a Reply