No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सक्नुहुन्छ शिक्षामन्त्रीज्यू ?

0

केशवप्रसाद भट्टराई ।
शिक्षकलाई दलको कार्यकर्ता बन्नबाट रोक्न सक्नुभयो, दल आवद्ध शिक्षकहरूका संगठनलाई खारेज गर्न सक्नुभयो भने मानौला नेपालले ऐतिहासिक काम सम्पन्न गर्न समर्थ र मुलुकले गर्व गर्न लायक एक दृढ प्रतिज्ञ र सक्षम शिक्षा मन्त्री पाएछ, भनेर । मन्त्रीज्यूलाई थाहा छ कि छैन, उहाँ जसको नेतृत्वको सरकारको शिक्षा मन्त्री हुनुहुन्छ, उहाँको दलको शिक्षक संगठन छ । उहाँ सम्मिलित सरकारको सवैभन्दा ठूलो घटकको पनि शिक्षक संगठन छ । गाउँ/नगर पालिकाहरूमा अस्थायी नियुक्ति र शिक्षक सरुवाको अधिकार लिएर सत्तारूढ दलका शिक्षक संगठनहरू बसेका छन् ।

संसदको सवैभन्दा ठूलो दलको पनि छ । अनि तततत् दलका कर्मचारी संगठन सिंहदरवार भित्र छन् । शिक्षा मन्त्रालयमा पनि छन् । कर्मचारी संगठनको नासु सरहको नेताले को सचिव राख्ने र कसलाई सरुवा गर्ने अख्तियारी राख्छ । दल आवद्ध कर्मचारी संगठन राख्ने शिक्षक संगठन नराख्ने गर्न सक्नुहुन्छ ? कुनै बेला बहुमत प्राप्त दलको सरकारको शिक्षामन्त्रीले आँट गर्नुभयो , ऐन मै त्यो व्यवस्था गर्नुभयो । तर कार्यन्वयन भएन, गर्न सक्नुभएन । तपाईं सक्नुहोस्, शुभकामना ! तर सक्नुहुन्न, मलाई थाहा छ । संसदमा धेरै परको तेस्रो ठूलो दलको नेतृत्वको सरकारमा चौथो दलको शिक्षा मन्त्री । कानुनी शक्तिलाई आफ्नो दलको संसदीय शक्ति, जनतामाझको शक्ति संगठनको आड र समर्थन आवश्यक हुँदो रहेछ ।

प्रकाशित: २१ चैत्र २०८०, बुधबार ०२:५७

Leave a Reply