No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

योग्यताका आधारमा त्रिविका पदाधिकारी अबिलम्ब नियुक्त गर्न चारजना पूर्वउपकुलपतिको आग्रह

0

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका चारजना पूर्वउपकूलपतिहरूले योग्यताका आधारमा त्रिविका पदाधिकारीहरूको अबिलम्ब नियुक्त गर्न आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदाभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जङ्ग शाहले शुक्रबार संयुक्त वक्तव्य जारी गरी योग्यताका आधारमा पदाधिकारी नियुक्त गर्न आग्रह गरेका हुन् ।

उनीहरूले नियुक्तिमा ढिलो भएको कारणबारे शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालय दुवै मौन रहेको पनि बताएका छन् । त्यसबाट त्रिविको शैक्षिक एवं प्रशासनिक कार्यहरूमा परिरहेका समस्याहरूप्रति जिम्मेवार व्यक्तिहरू चिन्तित नभएको उनीहरूको भनाइ छ ।

 

प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार १३:३६

Leave a Reply