No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ठमेल र दरबारमार्ग २४सै घण्टा सञ्चालनमा आएपछि व्यवसायीकहाँ गएर खाना नखान प्रहरीलाई गृहमन्त्रीको निर्देशन

0

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीको समस्या समाधान गरेर ठमेल तथा दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने बताएका छन् ।

गृहमन्त्री लामिछानेले शुक्रबार मन्त्रालयमा आयोजना गरेको सरोकारवाला निकायसँगको छलफलमा सरकारले स्थानीय घरधनी र व्यवसायीको समस्या समाधान गरेर मात्र ठमेल चौबीसै घण्टा सञ्चालन गर्ने बताए ।

उनले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई समेत समाधान हुनेगरी सरकारले काम गर्ने उल्लेख गरे । स्थानीय घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्र सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्र अनौपचारिक रूपमा चल्नु र औपचारिक रूपमा चल्नु धेरै फरक हुने उल्लेख गरे । उनले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गबाट हुने स्पष्ट पारे ।

ठमेल पूर्ण रूपमा व्यावसायिक क्षेत्र नभएकाले त्यहाँ स्थायी रूपमा बसोबास गर्नेको हक, अधिकारलाई मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने गृहमन्त्री लामिछानेले विश्वास व्यक्त गरे । सरकारले व्यवसाय जोेगाउनका लागि उक्त कदम चालेको उनको भनाइ थियो ।

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा सञ्चालनमा आएपछि व्यवसायीकहाँ गएर खाना नखान प्रहरी प्रशासनलाई निर्देशन दिए । उनले ठमेललगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनाअनुरुप गृह मन्त्रालयले ‘एक्सन प्लान’ बनाइरहेको उल्लेख गरे ।

प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार १६:१६

Leave a Reply