No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रहरी प्रधान कार्यालयद्वारा १६ एसपीको सरुवा

0

काठमाडौं । नेपाल प्रहरीका १६ प्रहरी उपरीक्षक(एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइराला, बाँकेको प्रहरी प्रमुखमा तुललबहादुर कार्की, बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई ल्याइएको पठाइएको ।

त्यसैगरी सर्लाहीको प्रहरी प्रमुखमा एसपी रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नहकुल पोखरेल र धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको छ ।

प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार १७:०३

Leave a Reply