No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सशस्त्र प्रहरीको स्टोरमा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन

0

काठमाडौं । काठमाडौँको सतुंगलस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न कार्य विभागका प्रमुख एआईजी वंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । घटनालगत्तै सशस्त्र प्रहरी बल प्रमुख राजु अर्यालले दाहालको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।

सोमबार साँझ सशस्त्र प्रहरी अस्पतालनजिकै रहेको केन्द्रीय गोदाममा आगलागी हुँदा ठूलो क्षति भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने स्थलगत निरीक्षणका लागि मन्त्रालय र काठमाडौं जिल्लाका सुरक्षा अधिकारीसहित पुगेका थिए ।

त्यसक्रममा गृहमन्त्रीले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट घटनाको जाँच गर्न निर्देशन दिएका थिए। उनले सशस्त्र प्रहरीलाई एक छानबिन समिति बनाउन पनि सुझाएका थिए ।

आगो नियन्त्रणका लागि नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्टोर बस्तीबीचमा रहेपनि आसपासमा घर सुरक्षित रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित: २६ चैत्र २०८०, सोमबार १५:१४

Leave a Reply