No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नैनितालमा भएको सवारी दुर्घटनामा सात नेपालीको मृत्यु

0

काठमाडौं । भारतको नैनितालमा सवारी दुर्घटनामा सात नेपालीसहित आठ जनाको मृत्यु भएको छ । उत्ताखण्डस्थित नैनितालमा सोमबार राति सडकबाट १५० मिटर तल खसेको गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुने नेपालीमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् ।

दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने बेतालघाटका स्थानीय हुन्। काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै गर्दा दुर्घटना भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

 

प्रकाशित: २७ चैत्र २०८०, मंगलवार ०६:२३

Leave a Reply