No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रकाशमानको प्रश्नः अदालतको आदेश जसरी प्रधानमन्त्रीले गृहमन्त्री निर्दोष भन्न मिल्छ ?

0

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले नै सर्वोच्च अदालतले दिने जसरी फैसला सुनाउनु अनि गृहमन्त्रीको अगाडि आइजिपीलाई राखेर उहाँ निर्दाेष भन्न लगाउनु कन्फ्क्टि अफ इन्ट्रेस्ट नभएर के हो ? भन्दै प्रधानमन्त्री लाई प्रश्न गरेका छन् ।

कांग्रेसलाई राम्रोसँग संसदीय अभ्यास थाहा छ भन्दै उनले सहकारी प्रकरणमा कांग्रेस प्रष्ट रहेकाले ससद अवरोध जारी रहने बताए ।

नेता सिंहले सहकारी संस्थाको रकम अपचलनको विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेकाले उनले राजीनामा दिनुपर्ने बताएका छन् । राजीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ । बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिबाट सफाइ पाएपछि पदमा फर्किएको बताए ।

सहकारीको रकम अपचलनको विषयमा जोमाथि शंका भइरहेको छ, उही हाकिम भएर बस्न मिल्छ र ?’ बुधबार बिहान बुद्धनगरमा आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘शंका उठिसकेकाले छानबिन गर्नुपर्यो नि त ।’ उनले कांग्रेसलाई अरु पार्टीले संसदीय पाठ नसिकाउन समेत चेतावनी दिए ।

 

प्रकाशित: २८ चैत्र २०८०, बुधबार ०६:०८

Leave a Reply