No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संसदीय समिति गठनबाट नभाग्न सरकारलाई कांग्रेसको चेतावनी

0

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई यथावत राखेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय समिति गठन आफूहरुको बटमलाईन भएको बताएका हुन् ।

उनले आफूहरुले कसैलाई दोषी करार गर्न नखोजेको बताए । उनले भने, ‘हामीले कसैसँग पूर्वाग्रह राखेका छैनौँ। हामी कसैलाई फसाउन चाहँदैनौँ। तर, गल्ती छैन भने भन्न सक्नुपर्यो मेरो केही गल्ती छैन छानबिन गरियोस्, गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन ? किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ ?’

उनले गृहमन्त्रीमाथिको प्रहरी अनुसन्धान रोकिएकाले यसमा झनै आशंका बढेको बताए । उनले भने, ‘तत्कालीन सीआइबी प्रमुखको नेतृत्वमा दुई जना प्रहरीलाई सहकारी ठगीको छानबिन गर्न पोखरा पठाइयो। छानबिनले अहिलेका गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संगल्न भएको रिपोर्ट तयार हुँदै थियो। नयाँ समीकरण बनेपछि त्यो रिपोर्ट पनि परिवर्तन गर्न लागो भन्ने आभास भयो। छानबिनको प्रक्रिया रोकियो।’

उनले सहकारीबाट टेलिभिजनमा एक अर्ब रकम लगेकाले छानबिन गर्नुपर्ने बताए ।

प्रकाशित: २८ चैत्र २०८०, बुधबार ०७:००

Leave a Reply