No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सार्वजनिक पद धारण गर्नेहरूको सम्पति जाँचबुझका आधार

0

जेपी गुप्ता ।
१. बिक्रम सम्बत् २०५८ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायाधीश भैरब लम्सालको अध्यक्षतामा ०४७ पछि सार्वजनिक पद धारण गर्नेहरूको सम्पति जाँचबुझका लागि आयोग बनाएका थिए । ज्ञानेन्द्रको उक्साहटमा बनेको त्यो आयोग देउवाको बर्खास्तगी पछि ज्ञानेन्द्रलाई नै प्रतिवेदन बुझायो , ज्ञानेन्द्रले सो प्रतिवेदन अख्तियारका प्रमुख सूर्यनाथ उपाध्याय कहाँ पठाए । यसपछि उनले योजना अनुसार छानीछानी केही उपर कारबाही गरे । प्रतिवेदन थन्क्याए।

२. प्रयोजन जे भएपनि अहिले पुनः सोही कुरा उठेको छ । ०४७ पछिको‘ । जबकी २०५९ सम्मको छानबिन त भै नै सकेको छ । यदि मनसाय ठिक छ भने २०५९ पछि आज पर्यन्तका सबै सार्वजनिक पदबाहलको सम्पति छानबिन गरे बढी उपयुक्त हुनेछ ।

३. यस्ता छानबिनहरूलाई परिणाममुखी बनाउन सर्वाधिक महत्वपूर्ण कुरो ‘सम्पति मापनको समान आधार’को कानुनी तर्जुमा हुनु हो । यसो हुन नसकेमा मन परेकोलाई उन्मुक्ति र तामेली, मन नपरेकाको लागि दण्डको स्वेच्छाचारी काम हुनेछ । सूर्यनाथले यही नै गरे । सम्पति मापनको आधार के हुने ?

४. हामी केही व्यक्ति उपर भ्रष्टाचारमा सजाय दिइँदा अकूत सम्पति ठहर हुने सम्पतिको जुन मापन सर्वोच्च अदालतले कायम गर्यो, यो नै ठोस आधार हुन सक्छ। यसैलाई टेकेर संसदले सम्पति मापनको कानुन बनाओस्। यो अदालतका लागि पनि बाध्यकारी हुनेछ। न्यायिक चलखेल रोकिनेछ।

५. यसै आधारमा संसदका सबै, संवैधानिक अंगका, अदालत, जंगी, प्रहरी, निजामतीका, जीवित पूर्व प्रधानमन्त्रीहरू, अख्तियारका पूर्वहरू लगायत सबै सम्बद्धको सम्पतिको छानबिन होस् । यस्ताहरूको जायज सम्पतिको मूल्यांकनको आधार हामी केही उपर ठहर भएको मापनकै आधारमा हुने कुरो उठाइदिनोस् ! ठूलो गुण हुनेछ ।

 

प्रकाशित: २९ चैत्र २०८०, बिहीबार ०२:३९

Leave a Reply