No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इजरायली हवाई आक्रमणमा हमास प्रमुखका तीन छोराको मृत्यु

0

बीबीसी । हमासका प्रमुख नेता इस्माइल हानियाले गाजामा इजरायलले गरेको हवाई आक्रमणमा आफ्ना तीन जना छोरा र चार जना नातिनातिना मारिएका बताएका छन् ।

हमास सम्बन्धित सञ्चार माध्यमले उनका छोराहरू यात्रारत कारमाथि गाजास्थित अल शाति क्याम्प नजिक प्रहार भएको जनाएको छ ।

हानियाले यो घटनाका कारण इजरायलसँगको वार्तामा हमासको अडान परिवर्तन नहुने बताएका छन्। हमास र इजरेलबीच युद्धविराम गर्न वार्ताका लागि पहल भइरहेका छन् । इजरायलको सेनाले उनका छोराहरू पनि हमासको सैन्य एकाइका सदस्य रहेको बताएको छ ।

उनीहरूको समूह मुस्लिम पर्व इदको बिदा मनाउन जाने क्रममा हमलामा परेको बताइएको छ । हानियाले अलजजिरासँग आफ्ना छोराहरू हाजिम, अमिर र मोहम्मद युद्धभरि गाजामै बसेको बताएका छन् ।

हमासले जारी गरेको वक्तव्यमा हानियाका चार जना नातिनातिनाहरू मोना, अमल, खालिद र रजान पनि उक्त आक्रमणमा मारिएका जनाएको थियो । हानियाले कतारको दोहामा घाइते प्यालेस्टिनीहरूलाई भेट्न जाने क्रममा आफूले छोराहरू मारिएको खबर थाहा पाएको बताएका छन्। हमासका कतिपय नेताहरू कतारको राजधानीमा बस्दै आएका छन्।

प्रकाशित: २९ चैत्र २०८०, बिहीबार ०४:०७

Leave a Reply