No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘पुजार सार्की’ को टिजर सार्वजनिक

0

काठमाडौं । फिल्म ‘पुजार सार्की’ को टिजर सार्वजनिक भएको छ । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा अभिनेता प्रदीप खड्काले बाजा बजाइरहँदा अभिनेता आर्यन सिग्देललाई डोलीमा देख्न सकिन्छ। टिजरमा अभिनेता पल शाह, अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुलाई पनि देख्न सकिन्छ ।

फिल्ममा प्रदीप, आर्यन, पल, अन्जना र परीक्षासँगै मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, राजेश बिसुराल, गोविन्द रमण पराजुलीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई भरत रेग्मीले सम्पादन गरेका छन् । फिल्म जेठ १० गतेदेखि प्रदर्शन हुनेछ।

 

प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार १५:४६

Leave a Reply