No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको दोश्रो जित

0

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोश्रो जित निकालेको छ । शनिबार नेपालले कतारलाई ३२ रनले हराएको हो । नेपालले दिएको दुई सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा नौ विकेट गुमाएर एक सय ७८ रन मात्र बनाउन सक्यो ।

कतारका लागि महोम्मद तानवीरले ६३ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । नेपालका लागि ललित राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले सामान दुई विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले सामान एक विकेट लिए ।

यसअघि दिपेन्द्र सिंह ऐरीको एकै ओभरमा छ छक्काको मद्दतमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई २११  रनको लक्ष्य दिएको थियो । ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रन बनाएको थियो ।

दीपेन्द्रले २० औं ओभरमा छ वटा छक्का प्रहार गर्दै २१ बलमा ६४ रन बनाए । जितसँगै नेपाल दुई खेलबाट चार अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले सोमबार हङकङसँग र बुधबार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ । लगातार दुई जितसहित यूएई समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

प्रकाशित: १ बैशाख २०८१, शनिबार १४:०७

Leave a Reply