No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सहकारी ठगीमा जनतालाई त्यति साह्रो परेको छैन, जति कांग्रेसलाई परेको छः अध्यक्ष ओली

0

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले कांग्रेसले आक्रोश पीडाले जे पायो त्यही बोलिरहेको र संसदीय मर्यादामा चल्न नसकेको आरोप लगाएका हुन् ।

सहमतिका साथ अघि बढ्न एमालेले समन्वयकारी काम गरेको भन्दै कांग्रेस तर्कमा आउन नसकेको उनले बताए । जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो कुण्ठा पोख्ने काम गरेको भन्दै ओलीले उत्तेजना नभइ संयमित ढंगले विधि अनुसार समाधान खोज्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सीमा हुन्छ मर्यादाको कसरी चल्ने, चलाउने भन्ने कुरा । हाम्रा पुराना यति अनुभव लिएर चल्नु परेन ? उहाँहरु तर्कमा आउनुहुन्न । ढिपी, जिद्दीमा जानुहुन्छ । त्यो तरिका उहाँहरुले सच्याउनुपर्छ । यसमा आवेश, उत्तेजनाको काम छैन । जनतालाई त्यति साह्रो परेको छैन । जति कांग्रेसलाई परेको छ । कांग्रेसको साह्रो गाह्रोले गर्दा यस्तो भइराखेको हो । संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्छ ।’

उनले कांग्रेसको विरोधका कारण नभई बजेट तयारीका लागि अहिलेको अधिवेशन अन्त्य गरिएको पनि बताए । बजेट अधिवेशनका लागि १५ दिनको ग्याप राख्नुपर्ने र जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक अवस्थालाई बुझ्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित: २ बैशाख २०८१, आईतवार ०८:२३

Leave a Reply