No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुनको मूल्य तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ निर्धारण

0

 

 

काठमाडौँ । सुनको मूल्य सोमबार प्रतितोला  सात सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला  सात सयले वृद्धि भई  एक लाख ३७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार  दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।

यस्तै, तेजाबी सुन आज प्रतितोला  एक लाख ३६ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला  १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला  एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार सात सय १५ निर्धारण भएको छ ।

प्रकाशित: ३ बैशाख २०८१, सोमबार ०६:१९

Leave a Reply