No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको ओलीको आरोप

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् ।

सोमबार पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको आरोप लगाएका हुन् । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेर त्यसको पुष्टि गरेको भन्दै उनले आक्रोश पोखे ।

उनले भने, ‘एकीकृत समाजवादीले विपक्षीलाई आशा पलाउने गरी जनतामा आशंका र निराशा केही मात्रमा भएपनि कदम चाल्यो। आन्तरिक रुपमा बोली व्यवहार, बार्गिनिङ त त्यस्तै खालका छँदै थिए, तर हिजो बाहिर नै प्रकट भयो ।’

अध्यक्ष ओलीले एकीकृत समाजवादीले कम्युनिष्ट साइन बोर्ड राखेर काम चाहिँ समाजवादको पक्षधरलाई कमजोर पार्न लागिपरेको दाबी गरे।

उनले भने,‘ कम्युनिष्ट साइन बोर्ड राखेर काम चाहिं समाजवादको पक्षधरलाई कमजोर पार्न लागिपरेको छ। तर, यसले केही फरक पार्दैन। हामी अगाडि बढ्नुपर्छ।’

अध्यक्ष ओलीले मन्त्रालयको लफडामा फस्नु अहिलेको अभिभारा नभएकाले गृह मन्त्रालय छाडेर अन्य मन्त्रालय लिएर भएपनि नयाँ समीकरण बनाएको स्पष्ट पारे ।

प्रकाशित: ३ बैशाख २०८१, सोमबार ०७:००

Leave a Reply