No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अदालतमा आत्मसमर्पण गरेका पूर्वन्यायाधीश गिरी जेल चलान

0

काठमाडौँ । वैवाहिक बलात्कार मुद्दामा थुनामा राख्ने आदेश भएका पूर्वन्यायाधीश भुवन गिरीले सोमबार जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् ।

सर्वोच्च अदालतले चैत २१ गते वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा राख्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि न्यायाधीश गिरीले आत्मसमर्पण गरेका हुन् । उनी आफैँ सम्पर्कमा आएका र उनलाई थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिएका छन् ।

काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए। तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती सर्वोच्च पुगेकी थिइन् । गिरीले आफूलाई घरेलु हिंसा, यौनशोषण र वैवाहिक बलात्कार गरेको भन्दै उनकी पत्नी आरतीले २०७९ मा जाहेरी दिएकी थिइन्।

उनको विरुद्ध वैवाहिक बलत्कारको मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो। उक्त मुद्दामा जिल्ला र उच्चले धरौटीमा रिहा गरेको थियो। तर सर्वोच्चले भने थुनामै पठाएपछि अदालतको आदेश सम्मान गर्ने भन्दै उनी अदालत पुगेका थिए।

प्रकाशित: ३ बैशाख २०८१, सोमबार ०८:३२

Leave a Reply