No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

0

काठमाडौं । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयो ।

हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका अबिनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिए ।

वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो । दुई खेलमा दुवै खेल जितेको नेपाल समूह ’ए’ को अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो स्थानमा छ ।

प्रकाशित: ३ बैशाख २०८१, सोमबार ०८:५८

Leave a Reply