No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डर्टमन्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा

0

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्डले युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई समग्रमा ५–४ गोल अन्तरले पराजित गर्दै डर्टमन्डले सेमिफाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा २–१ गोल अन्तरले विजयी भएको मड्रिड दोस्रो लेगमा ४–२ गोल अन्तरले पराजित भएपछि अन्तिम चारमा पुग्न सफल भएन । घरेलु मैदानमा डर्टमन्टले ३४ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि जुलियन ब्रान्ड्टले गोल गर्दै अग्रता दिलाए ।

उनले गोल गरेपछि पहिलो लेगेको नतिजाका आधारमा समग्रमा २–२ को बराबरी गरे । ३० औं मिनेटमा इयान म्याटसेनले गोल गरेपछि डर्टमन्ड २–० ले अघि बढेको थियो । ४९ औं मिनेटमा म्याट हुमेल्सले आफ्नै पोस्टमा गोल गरेपछि एथ्लेटिको मड्रिडले खेलमा फर्किने प्रयास गरेको थियो ।

६४ औं मिनेटमा एन्जल कोरेराले गोल गरेपछि मड्रिडले समग्रमा ४–३ को अग्रता बनाउँदै अघि बढेको थियो । तर, डर्टमन्डका निकलस फलक्रुजले गोल गरेपछि ७१ औं मिनेटमा खेल रोमाञ्चक मोडमा पुगेको थियो । ७४ औं मिनेटमा मार्सेल साबिट्जेरले गोल गर्दै डर्टमन्डले ४–२ को जितसँगै समग्रमा ५–४ को नतिजासँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो । अब सेमिफाइनलमा डर्टमन्डले पीएसजीसँग खेल्ने छ ।

प्रकाशित: ५ बैशाख २०८१, बुधबार ०३:३७

Leave a Reply