No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उठाउने एकीकृत समाजवादीको निर्णय

0

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका नेता दीर्घ सोडारीलाई उठाउने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने सहमति भएपनि गत आइतबार गठबन्धन दलहरु एमाले र माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीमा समर्थन दिएर अघि बढाएपछि एकीकृत समाजवादीले कांग्रेसको साथ लागेर बैकल्पिक गठबन्धन बनाउने प्रयास थालेको थियो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नै छोड्नेसम्मको चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा सहमति जुटाएर सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिने वातावरण बनाएका थिए ।

त्यसपछि यसअघि दाबी पेश गर्ने दुबै जनाको दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुखले दुई दिनको समय दिँदै पुनः मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिएका छन् ।

प्रकाशित: ५ बैशाख २०८१, बुधबार ०९:३५

Leave a Reply