No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद, घाइते बालिकाको पनि मृत्यु

0

 

गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार युवतीको शव नजिकै एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो । “स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको छ”, उनले भने । उनका अनुसार जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुने युवती महोत्तरी मनरासिसवाका अन्दाजी २२ वर्षीय प्रियंका महतोको रहेको डिएसपी अवाले बताए । युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार ०७:४३

Leave a Reply