No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीको दाबी पेस

0

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन् ।

माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनले बिहिवार प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।

प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ । यसअघि आइतबार नागरिक उन्मुक्ति पार्टीका दुईजना सांसदको मुख्यमन्त्रीका लागि दाबी पेश भएको थियो । नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

त्यस्तै कैलाश चौधरीलाई माओवादी केन्द्र र एमालेको समर्थन थियो। नाउपा संसदीय दल विभाजित भएपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी खारेज गर्दै संविधानको धारा १६८ (२) अनुसार मंगलबार पुनः सरकार गठनका लागि आह्वान गरेका थिए।

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार १०:२९

Leave a Reply