No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कालीबहादुर खाम पक्राउ परेपछि आफूमाथि सुरक्षा थ्रेट आएको भन्दै रामहरिकी पत्नीले मागिन् सुरक्षा

0

काठमाडौं । तत्कालीन माओवादी लडाकु कालीबहादुर खामबाट हत्या गरिएका रामहरि श्रेष्ठकी श्रीमती रमिलाले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर सुरक्षाको प्रत्याभूति दिन माग गरेकी छिन् ।

रामहरि श्रेष्ठको हत्या आरोपमा कालीबहादुर खाम पक्राउ परेपछि आफूमाथि सुरक्षा थ्रेट आएको भन्दै उनले सुरक्षा माग गरेकी हुन् । जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै प्रक्रियाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिएको गृहमन्त्रीको सचिवलायले जनाएको छ ।

घटनाको १६ वर्षपछि आरोपित पक्राउ पर्दा न्यायको आशा जागेको भन्दै रमिलाले राजनीतिक पहुँचको आधारमा पक्राउ परेका खाम तत्कालै छुट्ने हो कि भन्ने आशंका व्यक्त गरिन् ।

जवाफमा गृहमन्त्री लामिछानेले अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने भन्दै अदालतले पीडितलाई न्याय दिने विश्वास व्यक्त गरे । छोरालाई लिएर गृह मन्त्रालय पुगेकी श्रेष्ठले लामो समयपछि भएपनि आरोपित पक्राउ गरेकोमा मन्त्री लामिछानेलाई धन्यवाद दिएकी थिइन् ।

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार ११:५१

Leave a Reply