No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सोडारीलाई समर्थन नरहेको भन्दै नागरिक उन्मुक्ति पार्टीका पाँच सांसदले बुझाए पत्र, कीर्ते हस्ताक्षर भएको जिकिर

0

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएपछि नागरिक उन्मुक्ति पार्टीका पाँचजना सांसदले समर्थन नरहेको भन्दै पत्र बुझाएका छन् ।

बिहीबार एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको भन्दै उनीहरूले प्रदेश प्रमुख नजिर मियाँलाई पत्र बुझाएका हुन् । उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कैलाश चौधरी र टीका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको प्रष्ट पारेका छन् । उनीहरुले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन्।

जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन्। उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरीनिकट हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले आफू दलको नेता रहेको दाबी गर्दै आएका छन् । उनीहरूले भने सोडारीलाई समर्थन गरेका छन्।

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार १३:३६

Leave a Reply