No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वैकल्पिक गठबन्धन बन्ने चर्चाले ओली, प्रचण्ड र लामिछानेमा भय

0

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको विवाद सामान्य भएको भन्दै यसले गठबन्धनमा केही असर नगर्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गृहमन्त्री लामिछानेले वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उल्लेख गर्दै गठबन्धनभित्र कुनै समस्या रहेको बताएका हुन् ।

उनले भने, ‘गठबन्धनमा त्यस्तो केही छैन । एउटा समझदारीमा गइसकेको कुरामा कहिलेकाँही भनौं न पात्रहरुका विषयलाई लिएर र प्रदेशमा उहाँभन्दा अर्को मान्छे राम्रो हो कि भन्ने विषयमा भएका छलफलहरु हुन् । त्यहाँ रास्वपाको सहभागिता नरहेका कारणले यो विषयमा मेरो धेरै मत त रहेन ।’

केन्द्रमा सत्ता समीकरणका कारण प्रदेश सरकारहरु भत्कने र बन्ने क्रम देखिइरहेको भए पनि प्रदेश सरकारका कारण केन्द्रमा केही असर नपर्ने दाबी लामिछानेले गरे ।

सत्ता गठबन्धनमा रहेको दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो ।

भेटका विषयमा दुवैले वैकल्पिक गठबन्धन बनाउने सहमति गरेको भन्दै चर्चा भएपछि प्रधानमन्त्री दाहाल र ओली छलफलमा छन् । त्यस लगत्तै एमालेले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीका लागि समर्थन गरेको थियो ।

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार १३:५९

Leave a Reply